New Year 2073

NHNC_New Year
आदरणीय न्यूह्यामसरबासी बुबाआमा, दाजुभाइ तथा दिदीबहिनीहरु !!!
 
न्यूह्यामसर नेपाली समाजले विगत बर्षहरुजस्तै यसबर्ष पनि नेपाली नयाँबर्ष २०७३ (Nepali Happy New Year 2073) भव्यताकासाथ सम्पन्न गर्ने निर्णय गरेको छ । कृपया यही इमेललाई औपचारिक निम्तो र सूचना मानेर आजै आफ्नो पात्रो (क्यालेण्डर) मा संकेत गरिहाल्नुहोला । यहाँहरु गत बर्षजस्तै यसबर्ष पनि आफ्नो परिवार, छरछिमेक र इष्टमित्रहरुसहित निम्न मिति, समय र स्थानमा पाल्नुभई विभिन्न खाद्य परिकार, ख्यातीप्राप्त नेपाली हाँस्यकलाकारको हाँस्यव्यंग्य प्रस्तुती तथा विभिन्न साँस्कृतिक कार्यक्रमको भरपूर मनोरञ्जन लिन अवश्य पाल्नुहुन न्यूह्यामसर नेपाली समाज सविनय निमन्त्रणा गर्दछ । 
 
मितिः शनिबार, अप्रिल १६, २०१६
समयः साँझ ६:०० बजेदेखि ११:०० बजेसम्म
स्थानः ग्रीक अर्थोडक्स चर्च
६५० ह्यानोभर स्ट्रीट, म्यान्चेष्टर, न्यूह्यामसर 
प्रवेश शुल्क (डिनरसहित):
वयश्क:  $२५ डलर
६५ बर्षमाथिका बुवाआमा तथा १२ बर्ष मुनिका केटाकेटीः $२० डलर
६ बर्ष मुनिका नानीहरुलाई निःशुल्क । 
 
Date: Saturday, April 16th, 2016
Time: 6:00PM-11:00PM
Venue: Greek Orthodox Church
650 Hanover Street
Manchester, NH, 03104
Entry Fees (Including Dinner): 
Adults: $25
Seniors (65+/Kids Under 12:) $20
Kids (Under 6): Free
आगामी अप्रिल १६ तारिखमा भेट्ने अपेक्षासहित,
न्यूह्यामसर नेपाली समाज 
Updated: March 22, 2016 — 7:52 pm

Leave a Reply?

New Hampshire Nepali Community © 2013 Frontier Theme