सहयोगको अपिल

न्यूह्यामसरबासी दाजुभाइ तथा दिदीबहिनीहरु,
नमस्कार !
हाम्रो राज्य न्यूह्यामसरलगायत अमेरिकाका प्रायःसबै राज्यहरुमा कोरना भाईरसको महामारी दिनप्रतिदिन घटेसँगै आम मानिसहरु सामान्य जीवनमा फर्कंदै गर्दा नेपालको स्थिति भने मयावह बन्दै गईरहेको यहाँहरुलाई विदितै छ । दैनिक सयौं मानिसहरुको निधन भइरहेको छ । अस्पतालहरु भरिभराउ छन् । सयौं विरामीहरुले अस्पतालमा भर्ना नपाएरै मृत्युवरण गर्नु परिरहेको छ भने अस्पतालमा भर्ना (वेड) पाएकाहरुको पनि अक्सिजनको अभावमा मृत्यु भइरहेको छ । स्थिति दिनदिनै झन् जटिल बन्दै गइरहेको छ ।
यसैस्थितिलाई मध्यनजर गर्दै आईतबार साँझ न्यूह्यामसर नेपाली समाज अन्तर्गतको ‘कोभिड टास्कफोर्स’को बैठकले न्यूह्यामसरमा बसोबास गर्ने सबै नेपालीभाषी जनसमुदायबाट एकमुष्ठ आर्थिक सहयोग संकलन गरि तत्काल राहत पुग्नेगरी कुनै एक निकायबाट सहयोग पठाउने निर्णय गर्यो । 

यहाँहरुले गर्नुभएको आर्थिक सहयोग कुन निकाय मार्फत नेपाल पठाउँदा उपयुक्त होला । 
कृपया तलको लिङ्कमा क्लिक गरी आफ्नो अभिमत जाहेर गर्नुहोस् ।
उपयुक्त निकाय रोजिसकेपछि तलका लिङ्कमा गएर आफ्नो आर्थिक सहयोग प्रदान गर्नुहोस ।
न्यूह्यामसर नेपाली समाजले यहाँहरुको मत सर्वेक्षणलाई सार्वजनिक गर्नेछ र सबैभन्दा बढी मत जुन निकायले प्राप्त गर्नेछ, सोही निकाय मार्फत उक्त संकलित राहत रकम नेपाल पठाईनेछ ।
नेपाल कोभिड–१९ को महामारीबाट उत्पन्न महासंकटबाट गुज्रिरहेको बेला यहाँहरुको सहयोगले नेपालमा अग्रपंक्तिमा रहेर काम गर्ने संघ/संस्था वा निकायलाई थप सहयोग र हौसला थप्नेछ । साथै, न्यूह्यामसर नेपाली समाजले उक्त रकम कहाँ र कसरी खर्चभयो भनेर समेत निगरानी र प्रतिवेदनसमेत माग गर्नेछ ।
कृपाया आफ्नो घरपरिवार, छरछिमेक र साथीभाइहरुलाई पनि यो सहयोग संकलनको अभियानमा सहभागी हुन अभिप्रेरित गर्नहुन हार्दिक अनुरोध गर्दछौं ।
राहत संकलनको बारेमा थप जानकारी चाहिएमा न्यूह्यामसर नेपाली समाजका तपशिल सदस्यहरुलाई सम्पर्क राख्नहुन अनुरोध छ ।
सीकोष्ट/डोभरः मुना कोइराला
कंकर्डः कुमार भट्टराई/इश्वरी भट्ट
हुक्सेटः दिल/छत्र/हितमान/हरि गुरुङ
म्यान्चेष्टरः कमल ढुङ्गाना, सोम/माधव/नरेन्द्र गुरुङ
डेरीः रामचन्द्र भण्डारी
नासुवाः भेषराज/नेहा शर्मा, शान्ता विष्ट/रविन थापा
मेल मार्फतसमेत सहयोग रकम पठाउन सक्नुहुनेछ ।
New Hampshire Nepali Community (NHNC)
C/O Kamal Dhungana
30 Huntington Ave Manchester, NH 03109

माधव गुरुङ
महासचिव
न्यूह्यामसर नेपाली समाज 
Comment Us