New England Soccer Tournament


New Hampshire Nepali Community organized first New England Soccer Game in Manchester, New Hampshire on September 1, 2013.

सेप्टेम्बर १ तारिख आईतवार सम्पन्न मैत्रीपूर्ण खेलमा कनेटीकटको एक, म्यासचुसेट्सको दूई र न्यू ह्याम्पसरको एक गरी चार टीमको सहभागिता रहेको थियो । बकि योञ्जन र भीम गुरुङले म्यासचुसेट्सको दूई टिमलाई, अनुप ओझाले कनेटीकटको टिमलाई तथा सुजन केसीले न्यूह्याम्पसरको टिमलाई नेतृत्व गरेका थिए । खेलको शुरुवात गर्दै नेपाली समाजका अध्यक्ष रविन थापाले न्यू ह्याम्पसर राज्यमा पहिलो पटक सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगिता आपसी आत्मीयता र भाइचाराको अभिबृद्धि गरेको बताए ।

सहभागी खेल समुहका प्रमुख तथा म्यानेजरलाई नेपालका पूर्ब राष्ट्रिय खेलाडी दिपक अमात्य, एनआरएन अमेरिकाका अध्यक्ष शिव राई र न्यू ह्याम्पसर नेपाली समाजका अध्यक्ष रविन थापाले प्रशंसापत्र तथा मायाको चिनो प्रदान गरेका थिए । समाजका महासचिव सोम गुरुङले कार्यक्रमको संयोजन गरेका थिए ।

Leave a Reply?

New Hampshire Nepali Community © 2013 Frontier Theme